करेन्ट लागेर टिपरका सहचालकको मृत्यु

(नेपाल क्राईम)

कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ ।

मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको खम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।