अवैध वन्यजन्तु सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

(नेपाल क्राईम)

मोरङको केराबारी गाउँपालिकामा अवैध वन्यजन्तु सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले आइतबार साँझ केराबारी–८ स्थित आमजुंगी सामुदायिक वनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ परेका व्यक्तिहरू ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की रहेका छन् । मोरङ प्रहरीका अनुसार उनीहरू भरुवा बन्दुकसहित वनमा सिकार गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।प्रहरीले घटनास्थलबाट तीन नाल भरुवा बन्दुक समेत बरामद गरेको छ ।