खैरो हेरोइन सहित दुई जना पक्राउ

(नेपाल क्राईम)

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-९, मण्डिखाटार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका-८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका-९ बस्ने २५ वर्षीय मनिष भुजेल र सुनसरीको रामधुनी नगरपालिका-१ घर भई हाल बूढानीलकण्ठ नगरपालिका-९ बस्ने २७ वर्षीय आयुष गुरुङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध, ५०० ग्राम गाँजा, डिजिटल तराजु १ थान, नगद २९ हजार रूपैयाँ र दुई थान मोबाइल बरामद गरेको छ।