भारतको रुपैडिया नाका हुँदै नेपालगन्ज प्रवेश गर्ने क्रममा पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित चेकपोष्टमा शंका लागेर चेक जाँच गर्दा भारतीय एक गाडीबाट सो रकम फेला परेको हो।
भारतको उत्तर प्रदेश लखनऊ जिल्ला निवासी ४० वर्षीयका निरज चौरासिया चालक रहेको UP 32 LB 6389 नम्बरको सुजुकी गाडीमा जाँच गर्दा भारतीय रुपैयाँ दर ५०० का ६०० थान र दर २०० का १,००० थान गरी कुल ५,००,००० रुपैयाँ (पाँच लाख) बरामद गरिएको बाँकेका एसपी रामप्रसाद घर्ती मगरले जानकारी छन्।