(महेन्द्र सिंह )
बाँकेका पत्रकारहरु आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ बाँकेको आह्वानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएका हुन् ।
बाँकेमा पत्रकारहरुले आइतबार बिहानैदेखि आफ्नो कार्यलय र समाचार संकलनमा जाने क्रममा हातमा कालो पट्टी बाँधेर शुक्रबार भएको घटनाको विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नबिन गिरि , नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य प्रेम केसि ,कमल डाँगी , प्रिया स्मृति ढकाल, आशिष गुप्ता लगायतका पत्रकारहरुले विभिन्न सञ्चारगृहमा पुगेर त्यहाँ कार्यरत पत्रकारहरुसँग एक्येवद्धता पनि जनाएका छन्
। पत्रकार महासंघ बाँकेका अध्यक्ष नबिन गिरिले , समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको बिषयलाई लिएर केन्द्रीय कार्यक्रम अनुसार बाँकेमा विरोध जनाइएको बताए । 