हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको छ।महाशाखाका अनुसार सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो तीन घन्टामा ५४.२ मिलिमिटर वर्षा भएको छ।