प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेशका सबै जिल्लामध्ये पर्सा प्रहरी कार्यालयका प्रमुख मिश्रलाई सर्वोत्कृष्ट घोषित गरेको हो।
पर्सादेखि धनुषासम्म ८ जिल्लामध्ये पर्सा प्रहरीले ९०.१९ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले बताए।