नेपाल प्रहरीको एसएसपी बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। बढुवामा छुटेका एसपी विमल बस्नेतले उजुरी गरेपछि बढुवा प्रक्रिया रोकिएको छ।
गत ५ साउनमा गृहसचिव गोकर्णमणि दुवाडी अध्यक्षताको बढुवा समितिले ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो। सिफारिस भएकाभन्दा आफू सिनियर भए पनि छुटाइएको भन्दै उनले उजुरी गरेका हुन्।
एसपी बस्नेत कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा अनियमिततामा संलग्न रहेकाले निलम्बनमा पर्नुका साथ बढुवा रोक्काको कारबाही भएको थियो। बढुवा रोक्काको अवधि सकिएपछि पनि छुटाइएको भन्दै उनले उजुरी दिएका हुन्।