(नेपाल क्राईम)
बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो।
दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका– ५ का ५४ वर्षीय चन्चले दयालको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।