सई बैद्यनाथ दास तस्करसँग पैसा मागेको आरोपमा  निलम्बित

इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) बैद्यनाथ दास तस्करसँग पैसा मागेको आरोपमा निलम्बनमा परेका छन् ।  तस्करसँग मोलमलाइ गरेको टेलिफोन संवाद सार्वजनिक भएपछि दासलाई निलम्बन गरिएको हो ।तस्कर र प्रहरी नायब निरीक्षक दासबीच भएको टेलिफोन अडियोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सार्वजनिक अडियोमा प्रहरी नायब निरीक्षक दासले एक जना तस्करसँग तस्करी कार्यमा सघाउन १८ हजार रुपैयाँ माग गरेको सुनिन्छ ।