युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरू पकाउ

(नेपाल क्राईम)

मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरू पकाउ परेका छन् ।

घटना करिब डेढ महिना अघिको हो । गत माघ ६ गते  बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका-२, स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।