लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट ८ जना पक्राउ परेका छन् ।
दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर एको छाप्रोबाट शनिबार साँझ आदित्य लिम्बू, निश्चल पोर्तेल, साजन थापा, दिपेश तामाङ , सनम राई , पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझीलाई प्रहरीले पक्राउ गरेको हो ।लागुऔषध बिक्री भई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । खानतलासी गर्ने क्रममा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।पक्राउ पर्नेमध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको बताइएको छ ।