नागढुङ्गामा प्रहरीबीच भएको कुटपिटको घटनामा संलग्न दुई प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडिओ बुधबार दिउँसो सामाजिक सञ्जालमाा भाइरल भएपछि उनीहरुलाई जिम्मेवारीबाट हटाएर छानविन थालिएको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शेखर खनालका अनुसार भिडिओमा देखिएका दुवै प्रहरीलाई प्रधान कार्यालय बोलाएर छानबिन प्रक्रिया सुरु गरिएको छ ।