प्रशासनले कर्फ्यु लगाएपछि काठमाडौंको बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी तितरबितर हुन थालेका छन् । सोमवार मध्यान्ह प्रदर्शनकारीले संसद् भवन घेर्न पुगेका थिए ।त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्यास हानेको थियो । प्रदर्शनकारी संसद् भवनमा छिर्न खोजेपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको थियो ।कर्फ्युपछि बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । त्यसपछि प्रदर्शनकारी तितरवितर भएका हुन् । उनीहरू सिंहदरबार मोडिन थालेपछि सिंहदरबार र राष्ट्रपति कार्यालय आसपासमा कर्फ्यु लगाइएको हो ।