उच्च अदालत पाटनले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ ।
दुवै पक्षको सुनुवाइपछि जारी भएको उच्च अदालतको त्यो आदेश रिट निवेदनको टुंगो नलागेसम्म निरन्तर कार्यान्वयन हुनेछ । उच्च अदालतको आदेशपछि नगर प्रहरी प्रमुख पाण्डे तत्काल काममा फर्किन पाउनेछन् ।