सुरक्षामा आफै खटिए बाँके  एसपी  राम घर्तीमगर

मोहर्रमको ९  दिन : सुरक्षामा आफै खटिए एसपी  राम घर्तीमगर
इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगन्जका विभिन्न ठाँउ  पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् ।

इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक हजरत इमाम हुसैनको नाममा जुलुसहरू निस्कने गरेका छन् । ‘मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ठुलो संख्यामा   सुरक्षाकर्मी परिचालन भएका छन् ।

आइतबार दिउँसो अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । उनले मोहर्मलाई लक्षित गरि नेपाल प्रहरी परिचालन भएको बताए ।रातको समयमा अवाञ्छित गतिविधि नहोस भन्ने उद्देश्यले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगरले जानकारी दिए ।