दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा

(नेपाल क्राईम)

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा आएको छ।

दाङका प्रहरी निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले मंगलबार दिउँसो करिब ४ बजेतिर उद्योगमा लागेको आगो नियन्त्रणमा आएको बताए।

सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो मंगलबार दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको हो।

‘आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ,’ उनले भने, ‘भित्र अलि अलि धुँवा भने आइरहेको छ।’