आजको मौसम

१५ दिन बितिसक्दा पनि देशभरि विस्तार भइसकेको छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ १५ गते राति नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी, मधेस, बागमती, गण्डकी  प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका  पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ।

पश्चिमी भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ।

मनसुनी वायु त्यति शक्तिशाली बन्न नसक्दा र बंगालको खाडीमा न्यूनचापीय प्रणाली पनि नबन्दा कोशीबाट अन्यत्र फैलन समय लागेको हो।