डिआइजी बढुवामा अन्याय गरिएको भन्दै एसएसपी विश्व अधिकारीले राजीनामा  दिने तयारी

बढुवामा अन्याय गरिएको भन्दै एसएसपी विश्व अधिकारीले राजीनामा  दिने तयारी गरेका छन् । बढुवा नियुक्तिमा पहिलो नम्बरमा रहेका उनलाई जेनजी आन्दोलनमा दमन गरेको भन्दै डिआइजी बढुवामा छुटाइएको छ ।आइतबार गृह मन्त्रालयले ५ एसएसपीलाई डीआईजी बढुवा सिफारिस गर्दा अधिकारी छुटेका हुन् । उनी जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका थिए ।जेनजी आन्दोलनमा भएको दमनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको समितिले अनुसन्धान नगर्दै आफूलाई अन्यायपूर्वक बढुवा नगरिएको गुनासो अधिकारीले आफू निकटसँग गरिरहेका छन् ।