२६ लाख रूपैयाँ बराबर ठगी गरेको आरोपमा  दुई जना पक्राउ

२६ लाख रूपैयाँ बराबर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आफूहरू भर्खरै विदेशबाट आएको र विदेशी मुद्रा सटही गर्न सहयोग गरिदिए बापत रकम दिने भन्दै झुक्क्याएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

सुनका गहना र नगद लिएर ठगेको सूचनापछि प्रहरीले सिन्धुली दुधौली नगरपालिका-११ बस्ने ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङलाई पक्राउ गरेको हो।