नेपाल बैंकमा चोरी

सप्तरीको खडक नगरपालिका-७ कल्याणपुरमा रहेको उक्त बैंकको सुरक्षागार्ड सुत्ने कोठामा चोरी भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सुरक्षा गार्डहरू भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरूपका ४४ वर्षीया पर्शुराम चौधरी सुत्ने कोठामा चोरी भएको हो।

डिएसपी बस्नेतका अनुसार चोरी हुँदा उनीहरू सोही कोठामा सुतिरहेका थिए।

दराजमा राखिएको १२ बोरको एकनाले बन्दुक र त्यसमा लाग्ने २० राउन्ड गोली, दुई थान मोबाइल, डिजिटल तराजु चोरिएको भनेर सुरक्षागार्डले नै प्रहरीलाई सूचना दिएका थिए।

घटनाको जानकारी पश्चात बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालयबाट टोली खटिएको थियो। प्रहरीले चोरको हुलियाबारे सप्तरीका अन्य प्रहरी कार्याल र छिमेकी जिल्ला प्रहरी कार्यालयलाई समेत जानकारी दिएको थियो । डिएसपी बस्नेतका अनुसार बिहान ३:४५ बजे सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सप्तरीकै खडक नगरपालिका-६ बिरपुरका २० वर्षीय अपसाद अन्सारी छन्।उनको साथबाट स्क्यानर दुई थान, दुई थान ल्यापटप, खुकुरी २ थान, १२ बोरको एकनाले बन्दुक, सिमकार्ड, २ थान घडी, ५ थान मोबाइल, १ थान मिनि स्पिकर, १ थान डिजिटल तराजु र उनी चढेको स ६ प ५४७३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।हतियार भने  बैंकबाट ५०० मिटर पर झाडीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ।