क्यारेबियन देशहरूमा आइतबार बिहान शक्तिशाली भूकम्पको धक्का

क्यारेबियन देशहरूमा आइतबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । केम्यान टापुबाट दक्षिणपश्चिमस्थित क्यारिबियन सागर केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको सीएनएनले जनाएको छ ।
भूकम्पको धक्का हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको थियो भने भूकम्प आएपछि सुरुमा  सुनामीको चेतावनी दिइएको थियो।