सुर्खेतमा हतियार र लागुऔषधसहित दुईजना पक्राउ

सुर्खेतमा हतियार र लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति ९ वीरेन्द्रनगर–८ कृष्णमन्दिरस्थित एक घरबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अटोमेटिक चाइनिज पेस्तोल र लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ का २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेको सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।उनका अनुसार, उनीहरूसँग लागुऔषध तथा हतियार रहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । उनीहरू बस्ने कोठामा एक थाना सेमिअटोमेटिक चाइनिज पेस्तोल, पेस्तोलमा लाग्ने १२ राउन्ड गोली, औषधिजन्य लागुऔषध १४ सय २६ ट्याब्लेट, विभिन्न आकारका खुकुरी चार थान, चक्कु दुई थान, बन्चरो एक थान, कैँची एक थान, नाइनस्टिक एक थान र प्रतिबन्धित वन्यजन्तु जरायोको सिङसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए