ट्रकमा करेन्ट लाग्दा एकको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

मृत्यु हुनेमा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ । साथै दुर्घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।