दाउरा प्रहार गरी श्रीमतीको हत्या

(नेपाल क्राईम)

बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले आज बिहान दाउराले हान्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको हो ।घरायसी विषयमा विवाद हुँदा राजुले टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।