बाल सुधार गृहमा झडप हुँदा ४९ जना घाइते

(बिशाल वैश्य)

बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा ४९ जना घाइते भएका छन । दुई समूहबिचको झडपमा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

झडपलाई आज अपराह्न मात्र प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिएका छन । ‘दुई समूहबिच भएको झडपमा अस्पताल को–को जाने भनेर हात उठाउन लगाउँदा ४९ जना अस्पताल आएका छन्,’ जोशीले भने ।

घटनामा गम्भीर रहेका घाइते १ जना र २ जना नेपाल प्रहरीको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरूलाई नेपालगन्जको भेरी अस्पताल लगिएको छ ।