(उपेन्द्र प्रताप सिंह )
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आज र भोलि (सोमबार) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
शनिबार मेडिकल स्टोरमा आगलागी भएका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले आगलागीका कारण दुई दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए ।