७ दिन भित्र सम्पर्कमा आउन निर्देशन

(नेपाल क्राईम)

नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्।

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी माघदेखि गैरहाजिर छन्। केहि फागुन र चैतदेखि पनि जानकारी नै नगराई गैरहाजिर छन्।

आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले बुधबार गोरखापत्रमा सूचना सार्वजनिक गरेको छ।