(नेपाल क्राईम)
ब्राउन सुगरको अबैध कारोबार गर्ने मुख्य डिलर मध्यका एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
भारतको उत्तर प्रदेश बहराईचका ३२ वर्षीय अमित पोरवाला पक्राउ परेका छन्। वैशाख ४ गते राति पौंने ११ बजेतिर उनी बाणगंगा नगरपालिका – ४ दरखास्तस्थित सार्वजनिक प्रतिक्षालयबाट पक्राउ परेका हुन्।
पोरवाला संगै बर्दियाको गुलरिया नगरपालिका – ७ का ३० वर्षीय विशाल गुप्तापनि पक्राउ परेका थिए।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार उनीहरुको साथबाट १०२ ग्राम ८० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो।
डिएसपी अधिकारीले भारतीय नागरिक पोरवाला विगतदेखि नै भारतबाट ब्राउन सुगर नेपालका विभिन्न जिल्लामा ल्याइ त्यसको अवैध कारोबारो गर्दै आएका मुख्य डिलरमध्येका हुन्।