(नेपाल क्राईम)
नेपाली सेनाको प्रि-डिप्लोयमेन्ट तालिम समापन गरिएको छ । उक्त समापन कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको सान, शान्ति र मानवताको प्रतीक भएको बताएका छन् । अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको नयाँ भैरवी दल गुल्म सातौँ डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई आज काभ्रेको पाँचखालमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।उनले नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारेका छन् ।