जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

(नेपाल क्राईम)

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मालारानी गाउँपालिका-३ ढुंगाडेमा आइतबार बिहान पौने चार बजे मालारानी- ४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा जिपका चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजाल छन्।