(नेपाल क्राईम)
कञ्चनपुरमा जंगली हात्ती मृत फेला परेको छ। बिहीबार बिहान जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा मरेको हात्ती फेला परेको हो।
दोधारा चाँदनी नगरपालिका–३ का वडाध्यक्ष हरिसिंह धनाडीका अनुसार बिहान ६ बजे खेतमा गहुँ काट्न गएका स्थानीयले मरेको हात्ती देखेका हुन्।
गहुँ खेतनजिकै हात्ती मृत अवस्थामा भेटिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकको टोली घटनास्थलतर्फ गएको छ।