(नेपाल क्राईम)
दाङको लमही नगरपालिका– ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुष मृत अवस्थामा भेटिएका छन । लमही नगरपालिका–५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन भएको खुलेको प्रहरीले जानकारी दिएको छ । खोजतलासको क्रममा सोमबार अपराह्न सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।