जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंजका प्रहरी प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) लोकराज भट्टलाई २०८२ सालको असार महिनाको “मोन्टेको सर्वश्रेष्ठ ट्राफिक प्रहरी (Best Traffic Police of the Month)” को अवार्ड प्रदान गरिएको छ।
प्र.नि. भट्टले विभागीय मूल्य मान्यता, आदेश र निर्देशनको पालना गर्दै इमानदार, बफादार, कर्तव्यपरायण, अनुशासित र लगनशील ढंगले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। त्यस्तै, कार्यसम्पादन सम्झौतामा उल्लेखनीय लक्ष्य प्राप्ति र ट्राफिक जनचेतनामूलक कार्यक्रमहरूको प्रभावकारी सञ्चालनमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। यिनै योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरी नियमावलीअनुसार नगद पुरस्कारसहित उक्त अवार्ड प्रदान गरिएको हो।