(नेपाल क्राईम)
दाङको घोराहीमा स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बा १४ च १३७० नम्बरको स्कारपियो शनिबार बिहान अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।घोराहीबाट लमहीतर्फ जाँदै गरेको उक्त स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना सामान्य घाइते भएका छन् भने चालक फरार रहेका छन् ।