फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा डुंगा पल्टिएर फसेका ७ जनाको सकुशल उद्धार गरिएको छ । हावाहुरीका कारण स्टयाण्डिङ डबल प्याडल बोट पल्टिँदा तालमा फसेका ७  जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो ।