जुवा खालबाट ८ लाख ३६ हजार नगदसहित २२ जना पक्राउ

मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारस्थित मिलन थिङको घरमा जुवा तास खेलिरहेको सूचना आधारमा प्रहरीले छापा मारी २२ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर, सिन्धुली, रौतहट लगायत जिल्लाका स्थानीयहरू छन्। पक्राउ पर्नेमा घरधनी मिलन थिङसहित कमल थापा, कैलाश धामी, फडिन्द्र घिमिरे, रमेश महत, शेर बहादुर राना, दीपक दोङ, रबि चौधरी, ईश्वर चौधरी, रोहन लुङबा, कृष्ण लामा, बिजय तामाङ, बिजय साह कलवार, गेहेन्द्र थिङ, राजकुमार फुयाल, अणराज राउत, बेनीबहादुर मुक्तान, उमेश माझी, शेरबहादुर थापा, दिनेश लामा, चित बहादुर पाख्रिन र अशोक श्रेष्ठ रहेका छन्।घटनास्थलबाट पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।