नेपाली सेनाका सहायक रथी गौरवकुमार केसी उपरथीमा बढुवा भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
केसी हाल पूर्वी पृतनाका निमित्त पृतनापति छन्। उपरथीमा बढुवा भएसँगै केसीलाई पूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिने निर्णय भएको पनि एक मन्त्रीले जानकारी दिएका छन्। केही साता पहिले मात्रै केसी सैनिक प्रवक्ताबाट पूर्वी पृतनामा सरुवा भएका थिए। नेपाली सेनाको अफिसर क्याडेडमा भर्ना भएका केसी २०४७ सालमा रोयल नेपाली सैन्य प्रतिष्ठान, खरिपाटीबाट तालिम सम्पन्न गरी पुरानो गोरख बटालियनमा सहायक सेनानीमा भर्ना भएका थिए।