बाँकेमा फरार अपराधि, लागु औषध विक्रेता, ओसार पसारकर्ता र गैरकानुनी कार्यमा लागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि भागाभाग भएको छ । एसपी रामप्रसाद घर्तीमगरले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि खरो रूपमा प्रस्तुत भएपछि गैरकानुनी कार्य गर्नेहरुको भागाभाग भएको हो । एसपी घर्तीमगरले बाँके प्रहरीको कमाण्ड सम्हालेपछि १३ वर्षदेखि फरार अपराधिसमेत पक्राउ परेका छन् ।
बाँके प्रहरीले २०६८ सालमा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद फैसला गरेको फरार अपराधि साविक नौवस्ता गाउँ विकास समिति ६ का ६३ वर्षीय आशाराम थारुलाई आइतवार पक्राउ गरेको छ । थारुले साविक नौवस्ता गाविस ४ का गणेश बादीको ३० असार, २०६१ मा कर्तब्य ज्यान गरि फरार भएका थिए ।एसपीको कडा निर्देशनले तस्करी निस्तेज पार्ने उद्देश्यका साथ अहिले बाँके प्रहरीले लागु औषधको जालो तोड्दै धमाधम अवैध सामग्री बरामद गर्दै आएको एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।