(नेपाल क्राईम)
६,११९ मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी बल नेपालका जवान विजय जंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विशेष सम्मान गरेका छन् ।प्रधान कार्यालयमा आयोजित एक समारोहका क्रममा आईजीपी अर्यालले जंगमलाई सम्मानित गर्दै सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली क्षेत्रहरूमा खोज, उद्धार तथा सीमापार निगरानी कार्यमा दक्ष जनशक्ति विकासमा जोड दिइरहेको बताए ।