टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

बुधबार राति करिब ८ बजे मेजरगंजको भित्री सडकमा लालबन्दीतर्फ आउँदै गरेको ना २ क ५०१ नम्बरको टिपरको ठक्करबाट साइकलमा सवार कबिलासी नगरपालिका– ८ अगर्वा बस्ने २० वर्षीय सचिन साह (गुप्ता) को मृत्यु भएको हो ।टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको राति नै मृत्यु भएको सर्लाही प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।टिपरले युवकलाई ठक्कर दिएपछि स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् ।