लागुऔषध गाँजा सहित एक जना पक्राउ

(नेपाल क्राईम)

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा प्रहरीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान ८:३० बजे गस्ती गर्ने क्रममा जिल्ला मकवानपुर मनहरी गाउँपालिका–७ पेन्चे भित्री सडकखण्डमा झोला बोकेर हिँडिरहेका एक व्यक्तिलाई शंका लागि खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

पक्राउ पर्ने व्यक्तिको  पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ बस्ने २५ वर्षीय चन्दन चौधरीले लुकाई  छिपाई ल्याउँदै गरेको अवस्थामा १० किलो ९२० ग्राम लागुऔषध गाँजा फेला परेको हो।