मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध नागरिक बचाउ दलले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई पक्राउ गरेपछि सो पार्टी उनको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने भएको हो ।नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले मंसिर ७ गते नपर्खिकन आजैबाट देशव्यापी आन्दोलनमा उत्रिने जानकारी दिए ।आज पहिलो चरणमा प्रसाईँलाई तत्काल, विना सर्त र सरसम्मान रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउने र देशव्यापी प्रदर्शन सुरु गर्ने उनले जानकारी दिए ।