हनुमानढोकामा एक व्यक्ति मृत फेला

(नेपाल क्राईम)                                                  काठमाण्डूको हनुमानढोका एक जना व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

उनको वतनसमेत अहिलेसम्म खुलेको छैन । शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान कार्य सुरु गरेको छ । अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।