(नेपाल क्राईम) दैलेखमा चोरीको सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा एक जना ११ वर्षीय बालकको हत्या गरिएको छ । हत्या अभियोगमा दुईजना बालक पक्राउ परेका छन् । गत माघ २५ गतेदेखि घरबाट हराएका दुल्लु नगरपालिकाका ती बालकको हत्या गरेको अभियोगमा आइतबार १४ र १७ वर्षका बालकलाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार दुई बालकले ११ वर्षीय बालकको हत्यागरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए ।त्यसपछि घर परिवारले वरपर सबैलाई सोधपुछ गर्दा पनि उनी फेला परेनन्,’ प्रहरी निरीक्षक सुनारले भने, ‘त्यसपछि माघ २६ गते परिवारले इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिनुभयो ।’सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको सुनारले बताए ।