(नेपाल क्राईम )
पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)हरूको टोलीले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्तावित प्रहरी ऐनमा उल्लेखित केही विवादित बुँदाहरू सच्याउन आग्रह गरेको छ।
पूर्वआईजीपी मोतिलाल बोहोराका अनुसार टोलीले मुख्यतः गृह मन्त्रालयको प्रहरी परिचालन र सुपरीवेक्षणसम्बन्धी प्रावधानहरू सुधार गर्नुपर्ने माग राखेको छ। उनका अनुसार प्रस्तावित ऐनमा गृह मन्त्रालयका कर्मचारीहरूले समेत प्रहरी परिचालन गर्न सक्ने व्यवस्था उल्लेख भएकाले त्यसलाई संशोधन गर्नुपर्ने माग गरिएको हो।