२२ लाख  नगद र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जना युवक पक्राउ

बाँके   प्रहरीले २२ लाख  नगद र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित एक जना युवकलाई पक्राउ गरेको छ । नेपालगन्ज–१४ उधौपुरवाका २८ वर्षीय रमेश लोनियालाई  पक्राउ गरेको हो ।

बाँके  प्रहरीको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको  प्रहरी टोलीले घरमा खानतलासी गर्दा  नेपाली र भारतीय गरी २२ लाख ३ हजार ९१५ रुपैयाँ र १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र सुनचाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल  सुन जस्तो देखिने पँहेलो धातुको कडा ६ थान, घाटिमा लगाउने हार २ थान, सिक्री ३ थान, कानमा लगाउने बाली १ थान, कानमा लगाउने झुम्का ३ जोडी, औंठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, नाकको फुली १ थान , रिङ सानो ६ थान, सिरबन्दी २ थान, तिलहरी २ थान, मंगल सुत्र ५ थान, पहेलो धातु जन्जिर २ थान बरामद गरेको  बाँकेका प्रहरी प्रमुख एसपी राम  घर्तीमगरले जानकारी दिए।