(नेपाल क्राईम)
लागुऔषध कारोबारी समात्न नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१२ पचगाँवा बस्ने ५२ वर्षका राजेश लोनियाको घरमा पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली फायर गरेको छ।
विशेष सूचनाका आधारमा लागुऔषधसहित कारोबारी समात्न पुगेको प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्न थालेपछि ४ राउण्ड गोली फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
पेस्तोल खोसेर कारोबारी भाग्न लागेपछि गोली हान्नुपरेको र सो क्रममा लोनियाको बायाँ साँप्रामा गोली लागेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।