ल्होत्से हिमाल आरोहण गर्ने क्रममा रोमानियाका नागरिकको मृत्यु

ल्होत्से हिमाल आरोहण गर्ने क्रममा रोमानियाका नागरिकको मृत्यु भएको छ।

आरोहरण गर्ने क्रममा ४८ वर्षीय बार्ना सोल्ट भागोको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बिना अक्सिजन हिमाल आरोहण गरिरहेका थिए।

आरोहरण गर्ने क्रममा अक्सिजनको कमी भई आइतबार उनको मृत्यु भएको पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लिलाधर अवस्थीले जानकारी दिए।