(नेपाल क्राईम)
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले समग्र प्रदेशको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा समयसापेक्ष कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
मंगलबार डीआईजी कार्कीले लुम्बिनी प्रदेशमा मातहतका निकायलाई भिडियो कन्फेरेन्समार्फत समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुर्व्यसनी नियन्त्रण, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रण लगायत अन्य प्रहरी कार्य सम्पदानका विषयहरूमा समयसापेक्ष निर्देशन सम्बोधन गरिएको प्रेस नोटमा उल्लेख छ ।
डीआईजी कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल र लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँके तथा सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरूका कार्यालय प्रमुखहरूलाई भिडियो कन्फेरेन्समार्फत समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुर्व्यसनी नियन्त्रण, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रण लगायत अन्य प्रहरी कार्य सम्पदानका विषयहरूमा निर्देशन दिएका हुन् ।